शान्तिप्रक्रियाको काम सम्पन्न भइसक्यो, मलाई डर छैन : प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाका सबै काम सम्पन्न भइसकेकाले आफूलाई व्यक्तिगत रूपमा कुनै डर नभएको बताएका छन् ।

राजधानीमा रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्तिप्रक्रियासँग जोडेर कतिपय मानिसले मलाई प्रचण्ड डराएको जस्तो ठान्छन्, तर मलाई अब कुनै डर छैन ।’

द्वन्द्वकालिन मुद्दा ब्युँताएर आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई कुनै डर नभएको प्रचण्डको भनाइ छ ।

उनले भने, ‘शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको, देश अब समृद्धितिर जाँदैछ, व्यक्तिगत रुपमा अब मलाई न त कुनै डर छ, न त कुनै लोभ छ ।’

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका बेला आफूविरुद्ध उजुरी हाल्ने काम भएकोभन्दै प्रचण्डले त्यसप्रति आपत्ति जनाएका थिए । 

‘विदेशमा रहेका केही नेपालीले शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा अथ्र्याउने, त्यसमा सहभागी नेतालाई अपराधीको रुपमा अथ्र्याउने काम भएको बताउँदै प्रचण्डले भने, ‘भर्खरै अमेरिका जाँदा मैले त्यो अनुभव गरेँ । ’ 



हामी शान्तिप्रक्रियाको समर्थन गछौं, राजनीतिक स्थायित्वको समर्थन गर्छौं भने एउटा नेपालीले दुनियाँका अगाडि त्यो प्रक्रियामा सहभागी नेतालाई हत्यारो भन्नु कति उपयुक्त हो ?’ प्रचण्डले प्रश्न गरे । 



  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १२:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया