हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा भने मौसम सफा रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भने एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले जनाएका छन् । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।