पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँका दरले बढाएको हो ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको निगमले जनाएको छ । यसअघि निगमले १७ माघमा इन्धनको मूल्य वृद्धि गरेको थियो।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।

  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार २३:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया