रोहितलाई १४ लाख जरिवना

एजेन्सी– भारतमा अहिले इन्डियन प्रिमियर लिग (आइपिएल) चलिरहेको छ । त्यसैले आइपिएलका खेलहरुसँग सम्बन्धित खेलाडीका समाचार बाहिर आइरहेका छन् । यस्तै समाचार छ, मुम्बइ इन्डियन्सबारे । तर, यो खुसीको समाचार होइन । मुम्बई इन्डियन्सका फ्यानहरुलाई नराम्रो लाग्छ सक्छ– मुम्बइका कप्तान रोहित शर्मालाई आइपिएल आयोजकले कारवाही गर्ने भएको छ । 

शनिबार राती किंग्स इलेभेन पन्जावविरुद्ध भएको खेलमा बलिङ गर्न धेरै समय लगाएकाले उनीमाथि कारवाही भएको हो । अर्थात् उनी स्लो ओभर रेटका कारण कारवाहीमा परेका हुन् । यही कारणले मुम्बइलाई १४ लाख जरिवना गरिएको छ । यो सिजनको आइपिएलमा आचार संहिता उल्लघंन भएको भन्दै गरिएको यो पहिलो कारवाही हो । 





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १८:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया