नेपाली बजारमा आज सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसै गरी, चाँदीको मूल्य भने आज ३५ रुपैयाँले बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।