कलिङ भिसा आएका ७ हजार कामदारका लागि खुल्याे मलेसिया

काठमाडौं— सरकारले कलिङ भिसा आएका सात हजारभन्दा धेरै कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ । योसँगै अब १० महिनादेखि मलेसिया जान नपाएकाहरु मलेसिया जान पाउने छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका अनुसार श्रम सम्झौताको मर्म र भावनाअनुसार वैदेशिक रोजगार व्यावसायी तयार भएका छन् । यसअघि व्यवसायीहरुले सरकारले गरेको सम्झौताको विरोध गर्दै आएका थिए । तर, मन्त्री विष्टका अनुसार अब स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड पनि आइसकेको छ र त्यहीअनुरुप मलेसिया कामदार पठाउने प्रक्रिया पनि सुरु भएको छ । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी व्यवसायी संघलाई सात हजार श्रम स्वीकृति अगाडि बढाउने प्रक्रिया सुरु गर्न अनुमति दिएको हो ।





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार २०:६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया