logo-img

विश्वविद्यालयको सुधारका लागि विज्ञसँग छलफल गर्दै शिक्षा समिति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विश्वविद्यालय अझ राम्रो बनाउनको लागि विज्ञहरूसँग छलफल गर्ने बताएका छन् ।

शुक्रबार समितिमा भएको बैठकमा उनले विश्वविद्यालय विकास गर्ने कुरामा सबैको धारणा आवश्यक भएको भन्दै थप छलफलको लागि विज्ञहरूलाई बोलाउने बताएका हुन् ।  

‘विश्वविद्यालय बनाउन सरकारले चाहेको छ । यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ हामी अघि बढ्नुपर्छ । त्यसको लागि केही विज्ञहरू बोलाएर छलफल गर्ने निष्कर्षमा पुगेका छौँ । विश्वविद्यालय बनाउने कुरामा, सोचका बारेमा हामीले छलफल गर्नुपर्छ । यस सम्बन्धमा सबै जनाको अवधारणा आवश्यक हुन्छ,’ सभापति जोशीले भने ।

यस्तै, उनले छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, बद्री पाण्डे र रामप्रकाश चौधरीसँगको परामर्श र सल्लाहमा विज्ञ बोलाउने छलफल गर्ने र राय सुझाव लिन लागेको बताए । 

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय विधेयक २०८० संसदबाट पारि गर्न समितिलाई अनुरोध गरेका छन् । 



उनले नगरपालिकाले उच्च शिक्षा प्रदान गर्ने संस्था सञ्चालन गर्दै आएको भन्दै ती संस्थालगायत अन्य संस्थालाई समेटेर ख्वप विश्वविद्यालय सञ्चालन गर्न लागेको बताए । 

सभापति जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत विषयमा उदाहरणीय कार्य गर्दै देशभरका विद्यार्थीलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको पनि बताए । 




 

  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया