बेष्ट्रो र वार्नरको शतक, बैंगलोरविरुद्ध हैदरावाद विजयी

एजेन्सी— इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ११८ रनले हराएको छ । हैदरावादले बैंगलाेरलाई २३२ रनकाे विशाल लक्ष्य दिएकाे थियाे । तर, बैंगलाेरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र जाेड्न सक्याे । 

हैदरावादकाे राजिब गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा २ विकेट गुमाएर २३१ रन बनाएकाे थियाे । यसका लागि जोनी बेष्ट्रो र डेभिड वार्नरले शतकीय पारी खेलेका थिए । पहिलो विकेटको लागि बेष्ट्रो र वार्नरले १ सय ८५ रनको साझेदारी गरेपछि हैदरावादले विशाल लक्ष्य खडा गरेको हो । यो आइपिएल इतिहासकै ठूलो साझेदारी हो ।

बेष्ट्रोले १२ चौका र ७ छक्का प्रहार गर्दै ५६ बलमा १ सय १४ रन बनाउँदा वार्नर ५ चौका र ५ छक्काको मद्दतले १०० रनमा अविजित रहे । बैंगलोरका लागि युजभेन्द्र चहलले एक विकेट लिए । हैदरावादका विजय शंकर भने ३ बलमा ९ रन बनाएर रनआउट भएका थिए । 

बैंगलोरका ओपनरद्वय पार्थिव पटेल र सिमरन हेटमेयर क्रमश ११ र ९ रन बनाएर आउट भए । तेस्रो नम्बरमा क्रिजमा आएका कप्तान विराट कोहली पनि १० बलमा मात्र ३ रन बनाएर आउट भए । अर्का चर्चित ब्याट्सम्यान एबी डिभिलियर्स २ बलमा १ रन बनाएर आउट भए भने मोइन अली ८ बलमा मात्र २ रन बनाएर । 

हैदरावादका लागि बलर मोहम्मद नाबीले ४ ओभरमा मात्र ११ रन दिएर ४ नै विकेट लिए । उनले ओपनरद्वय पटेल, हेटमेयरका साथै डिभिलियर्स र शिभम दुवेलाई  पवेलियनको बाटो देखाएका हुन् ।





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार २२:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया