बारा— बारा र पर्सामा आइतबार हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्कालै तीन लाख लिने प्रदेश सरकारले निर्णय गरेको छ । सोमबार विहानै बसेको प्रदेश सरकारको आकस्मिक बैठकले यो निर्णय गरेको हो ।
यसअघि सोमबार विहानसम्म बारा र पर्सामा गरि हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४ सयभन्दा धेरै घाइते भएका छन् ।
सोमबार विहान बसेको प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै घाइतेको उपचार पनि प्रदेश सरकारले गर्ने निर्णय गरेको छ । अस्पतालमा भर्ना भएका केहीको अवस्था गम्भीर छ । आइतबार रातीको हावाहुरीमा परेकाहरुको उद्धार कार्य जारी छ । सुरक्षाकर्मी तथा स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
प्रदेश सरकारको निर्णयबारे जानकारी दिँदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘प्रत्येक मृतकका परिवारलाई तीन लाख राहत तत्काल दिने छौँ, उपचारमा हुने खर्च पनि हामीले नै व्यहोर्ने छौँ ।’
हावाहुरीका कारण पीडितको वासस्थान निर्माण तथा पुनर्वासमा पनि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।