काठमाडौं– बारा र पर्सालगायत तराइका विभिन्न जिल्लामा आइतबार साँझको हावाहुरीका कारण प्रभावितको उद्धारका लागि लाग्न सुरक्षा निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । उनले उद्धारमा जुट्न पार्टीपंक्तिलाई पनि आह्वान गरेका छन् ।
उनले उद्धारका लागि चाहिने हेलिकोप्टर तयारी अवस्थामा राखिएको पनि जानकारी दिएका छन् । आइतबार साँझ ट्विटमार्फत् ओलीले भनेका छन्, ‘भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।’
भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
"नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।