एसइईमा तिम्ल्याहा

लमजुङ— केही दिनअघिसम्म यो कुरा पत्तो नै थिएन । तर, परीक्षार्थीको विवरण रुजु गर्दा लमजुङको भकुन्डेमा रहेको बालकल्याण मावि केन्द्रमा तीन जनाको एउटै जन्ममिति देखियो । यी तीनै परीक्षार्थीको थर पनि एउटै थियो । अनि तीन जनाको नाम पनि मिल्दो जुल्दो थियो । उनीहरुको नाम हो– गंगा, जमुना र सागर ।

त्यसपछि त्यो केन्द्रका प्रमुख तीर्थ न्यौपानेले केहीसँग बुझे । अनि थाहा भयो, उनीहरु त तिम्ल्याहा पो रहेछन् । 

१० चैतबाट सुरु भएको एसइई परीक्षामा उनीहरु सहभागी छन् । तर, केन्द्रमा फरक फरक कोठामा परेकाले उनीहरु तिम्ल्याहा हुन् भन्ने कसैले पनि भेउ पाएनन् ।

गंगा, जमुना र सागर बेंसीसहरको बाहुनबेसीको यशोब्रह्म माविका विद्यार्थी हुन् । उनीहरुले कक्षा एक देखि नै सँगै पढेका हुन् । २०६१ साल असार ३ गते जन्मिएका गंगा, जमुना र सागरका बाबु भोजकुमारको लमजुङ विद्युत् उपभोक्ता संस्थामा प्राविधिकको काम गर्दागर्दै करेन्ट लागेर २०६५ सालमा मृत्यु भएको थियो । अहिले उनीहरु आमा सुशिलासँग रानीकुवामा बस्दै छन् । उनीहरुकी एक दिदी पनि छिन् । आजकाे कान्तिपुरमा आश गुरुङले लेखेकाे समाचारअनुसार उनी १२ कक्षामा पढ्छिन्  ।





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार ८:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया