जुजाना क्यापुटोभा, स्लोभाकिया इतिहासकी पहिलाे महिला राष्ट्रपति

ब्राटिस्लाभ – सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छन । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार जुजाना स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बनिन् ।

वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गरेकी थिइन् भने उनका प्रतिस्पर्धी युरोपेली यूनियनका ऊर्जा आयुक्त मारोस सेफ्कोभिकले ४१ दशमलब ५९ मात्र मत पाएका थिए । 

विजयी भएपछि प्रतिक्रिया दिँदै ४५ वर्षीया क्यापुटोभाले विपक्षीलाई गालीगलौज नगरी पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टी गरेकाे बताइन् । यही प्रवृत्ति युरोपेली संसद र अर्को वर्ष हुने स्लोभाक संसदको चुनावमा पनि दोहोरिने विश्वास व्यक्त गरिन् ।  

जुजाना प्रोग्रेसिव स्लोभाकिया पार्टीकी सदस्य हुन्, जसकाे संसदमा एक सिट पनि छैन् । 

याे देशमा समलि‌ंगी विवाह र एड्प्सनमा अहिलेसम्म कानुन छैन र पनि याे देश एलजिबिटीआइक्यु समुदायप्रति उदार छ । 

सत्तारुढ दलका तर्फबाट चुनावमा उठेका ५२ वर्षीय सेफ्कोभिकले आफ्नो हार भएको स्वीकार्दै क्यापुटोभालाई विजयी भएकामा बधाई दिएका छन् । सत्तारुढ स्मेर–एसडी पार्टीका तर्फबाट प्रधानमन्त्री रहेका पिटर पेलिग्रिनीले राष्ट्रपतिसँग रचनात्मक समझदारी निर्माण गरिने प्रतिक्रिया दिएका छन् । 

 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार ८:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया