२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

त्रिवि उपकुलपतिका लागि अन्तर्वार्ता सकियो, आजै नियुक्तिको सम्भावना

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता लिएको छ । शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्ता केहीबेर अघि मात्रै सकिएको हो । 


अन्तर्वार्ता सकिएलगत्तै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ। बैठकले उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस गर्नेछ । 



सिफारिसमा पर्ने तीनजनाको नाम शिक्षामन्त्री अशोककुमार राईले कुलपति तथा प्रधानमन्त्रीलाई आजै बुझाउनेछन् । 

कुलपति तथा प्रधानमन्त्रीले आजै त्रिविको २०औँ उपकुलपति नियुक्त गर्ने सम्भावना छ । 



त्रिवि उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएकामा एकजनाको आवेदन अस्वीकृत भएको थियो । 

तीमध्ये सर्टलिष्टमा परेका १४ जनाको आज अन्तवार्ता लिइएको हो । यसअघि उनीहरूले सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण दिएका थिए । 



  • प्रकाशित मिति : ६ फागुन, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया