एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छ कार्यसूची ?
फाइल तस्बिर

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । पार्टीको सातौं केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे बस्ने तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने उनले बताए । 

यस्तै, बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबावको एजेन्डा तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।  





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ६:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया