नामिबियाविरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ–११ मा एक परिवर्तन
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र नामिबियाबीचको खेल साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो ।

जारी सिरिजमा नेपाल र नामिबिया दोस्रो जितको खोजीमा छन् । नेपाल श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकाल्यो ।  

नामिबियाले भने पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटको हार बेहोर्‍यो । हालसम्म नेपाल र नामिबियाबीच पाँच खेलमा भेट भएको छ । जसमा दुवै टिमले दुई/दुई खेल जितेको रेकर्ड छ । नेपाल र नामिबियाबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।  



नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहितकुमार पौडेल, देव खनाल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी ।   

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ र गुलशन झा । 



नामिबियाको प्लेइङ–११ : माइकल भान लिंगेन, ​निकोलास डेभिन, ​जान फ्रिलिंक, ​जेरार्ड एरास्मस (कप्तान), जेजे स्मित, जेन ग्रीन (विकेटकिपर), निकोल लोफ्टि-इटन, रुबेन ट्रम्पलम्यान, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज र जेपी कोट्जे ।

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ८:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया