वासिंगटन– अमेरिका र बेलायतमा भएका चार ठूला अध्ययनले हरेक दिन पाठ्यक्रमबाट अलग रहेर डिजिटल मिडियामा आधा घन्टा बिताउनाले खुुुसी मिल्ने र मानसिक स्वास्थ्य ठीक रहने निष्कर्ष दिएका छन् ।
तर, योभन्दा ज्यादा झुम्मिन थाल्दा भने स्थिति बिग्रन्छ । अधिकतर समय अनलाइन रहनुको परिणाम घातक हुन सक्छ । इलेक्ट्रोनिक डिभाइसको अत्यधिक प्रयोग गर्ने मानिस अप्रसन्न र उदास रहन्छन् ।
अध्ययनहरुले इलेक्ट्रोनिक डिभाइसको अधिक प्रयोग गर्ने मानिसले आत्महत्या गर्ने सम्भावना ज्यादा हुने देखाएका छन् । एक अध्ययनमा पाँच घन्टा या त्योभन्दा बढी इलेक्ट्रोनिक डिभाइस चलाउने मानिसले एक घन्टासम्म चलाउनेले भन्दा आत्महत्याको प्रयास दुई गुणा बढी गरेको पाइयो ।
विशेषगरी किशाेरकिशाेरीमा प्रविधिको प्रयोग र खुसी हुनुबीचको सम्बन्ध ज्यादा रहन्छ । अमेरिकामा सन् २०१७ मा १४ देखि १७ वर्षका किसोरकिसोरीमा डिप्रेसनको दर ६० प्रतिशत बढ्यो । यस उमेरका मानिसमा स्वयंलाई नोक्सान पुर्याउने र आत्महत्या गर्ने विचारका कारण अस्पतालको इमरजेन्सीमा आउनेको संख्या पनि बढ्यो । किशाेरीहरुको आत्महत्याको दर ४० वर्षयताकै उच्च रह्यो ।
यसका कारण त अनेक होलान्, तर ठूलो संख्यामा किशाेरकिशाेरीका दैनिक जीवनमा स्मार्ट फोन र डिजिटल मिडियाले जति प्रभाव अरु कुनै परिवर्तनले पारेको छैन । त्यसैले, इलेक्ट्रोनिक डिभाइसको प्रयोग सकेसम्म कम गर्नुमा नै बुद्धिमानी छ ।
कसरी कम गर्ने ?
इलेक्ट्रोनिक डिभाइसको अत्यधिक प्रयोगबाट बच्न केही अपनाउन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।