थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशुलाई नेपाल प्रहरीले फेला पारेको छ । शुक्राबार राति पौने १२ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले काँडाघारीबाट शिशुको सकुशल उद्धार गरेको हो ।
शिशु चोरीको आरोपमा प्रहरीले जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा भनिने मनकुमारी सिंहसहित उनकी दिदी र उनका श्रीमान रहेका छन् ।
प्रसूति गृहबाट शिशुको चोरी गरेपछि आधा बाटोमा उनलाई लिन मनीषाकी दिदीसमेत पुगेकी पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको उनीहरूले बताएका थिए । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् ।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले शिशु चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । शिशुको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको छ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठकी २६ दिने छोरी शुक्रबार चोरी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।