जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई वैधता दिने भएको छ । योसँगै जर्मन नागरिकहरूले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन् ।
जर्मनीले गाँजाको प्रयोगलाई वैधता दिए पनि प्रयोगका केही सर्तहरू भने राखिएका छन् । सार्वजनिकस्थलहरूमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ ।
कडा कानुनका कारण युवाहरू गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्य मन्त्री कार्ल लाउटरबाकले बताएका छन् । उनले गाँजाले वैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताए ।
सरकारले गाँजालाई वैधता दिने निर्णय गरेसँगै विपक्षीहरूले भने त्यसको विरोध गरेका छन् । उनीहरूले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
विपक्षी कन्जरभेटिभहरू अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।