मङ्गोलियामा यस वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशु मरेका छन् । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाएअनुसार देशभर दिजुजका कारण कम्तीमा २० लाख २ हजार पशुको मृत्यु भएको हो ।
‘दिजुज’ मङ्गोलियन शब्द हो जुन कडा चिसो जाडो बुझाउन प्रयोग गरिन्छ । जमिन चिसोले जमेको वा हिउँले ढाकिएका कारण यहाँ लाखौं पशुपक्षी मरेका छन् ।
देशको मौसम अनुगमन एजेन्सीका अनुसार हालसम्म देशको ८० प्रतिशतभन्दा बढी भू–भाग हिउँले ढाकेको छ । संसारमा अन्तिम जीवित घुमन्ते देश (नोमाडिक) देशको रूपमा चिनिने मङ्गोलियाले हालै कडा जाडो र पशुधनको क्षतिको कारण उच्च सतर्कता अपनाएको छ।
भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या ६४.७ मिलियन थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।