सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ : सांसद साेविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छिन् । आइतबार प्रतिनिधि भा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताइन् । 

सरकार असफल भएको भन्दै उनले काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । 

जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन् ? भनेर प्रश्न गर्दै उनले प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भूमिका हुन नसकेको बताइन् । 

यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अफ्टयारो परेको बताइन् । 'आफ्नै ठाउँको काम गर्न पनि चारतिर धाउनुपर्ने भयो । कसले गर्ने हो ?' उनले भनिन्, 'कसैको जिम्मेवारी भएन । यस्तो खालको प्रदेशको संरचना चाहिएन । सुधार्नुपर्छ ।' 

उनले ठूला पार्टीहरु संसदमा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेका बताइन् । वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रित गर्नुपर्नेमा उनकाे जाेड छ ।

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १७:२३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया