गण्डकी मेडिकल कलेजका कर्मचारी धरौटीमा रिहा

कास्की– गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा पक्राउ परेका कलेजका दुई कर्मचारी धरौटीमा रिहा भएका छन् । 

कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा जिल्ला अदालतको मागबमोजिम जनही १७ लाख बैंक जमानतमार्फत धरौटी रकम बुझाएर तारेखमा रिहा भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए ।

आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको थियो । कलेजले तोकिएकोभन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते उनीहरुलगायत कलेजका ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी दर्ता गराएका थिए । 

सोही उजुरीका आधारमा प्रहरीले फागुन २२ गते खनाल र शर्मालाई पक्राउ गरेको थियो । कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत अन्य नौ जना सञ्चालक एवम् कर्मचारी अझसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ ।

यसअघि अध्यक्ष अर्याललगायत छ जनाले पक्राउ पुर्जीविरुद्ध वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेकामा चैत १ गते अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार ८:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया