इजिप्टको राजधानी कायरो नजिकै नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजिप्टको राज्य–सञ्चालित अहराम अनलाइन समाचार वेबसाइटले जनाएअनुसार सो डुङ्गाले कम्तीमा १० जना कामदार बोकेर गीजा गभर्नरेटको निकलाह गाउँतर्फ जाँदै गरेको बुझिएको छ।
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार अस्पतालमा भर्ना भएका चारमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने एक जनाको उपचार भइरहेको छ ।
बेपत्ताको खोजीका निम्ति दुर्घटनास्थलमा १० वटा एम्बुलेन्स पठाइएको मन्त्रालयले जनाएको छ । सो डुंगा दुर्घटना आइतबार बिहान भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।