‘काङ्ग्रेस हिन्दू राष्ट्रकाे पक्षमा छैन’

पाल्पा– नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको बताएका छन् । 

‘धर्म स्वतन्त्र हुनुपर्छ, काङ्ग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,’ प्रेस युनियन पाल्पाले आयोजना गरेकाे पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भने । हिन्दू राष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो । 

हावाहुरीबाट बारा–पर्सामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महामन्त्री कोइरालाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

बहुमत प्राप्त सरकारले जनतालाई आशाभन्दा पनि निराशा पैदा गराएको महामन्त्री कोइरालाले आरोप लगाए । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार ८:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया