लन्डन– न्युक्यासललाई हराउँदै आर्सेनल प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । होम ग्राउन्डमा आर्सेनलको यो लगातार १०औँ जित हो ।
इमिरेट्स स्टेडियममा भएको सोमबारको खेलमा न्युक्यासलसँग २–० को जित निकालेसँगै ६३ अंक बटुलेको आर्सेनल चिरप्रतिद्वन्द्वी टोटेनह्याम र म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो । आर्सेनलका लागि आरोन राम्सी र अलेक्जेन्डर लाकाजेटले १–१ गोल गरे ।
लिगका सात खेल बाँकी छँदा लिभरपुल ७९ अंकसहित पहिलो स्थानमा छ । ७७ अंक जोडेको म्यानचेस्टर सिटी दास्रो स्थानमा छ ।
समान ६१ अंकका टोटेनह्याम र म्यानचेस्टर युनाइटेड क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । ६० अंकसहित चेल्सी छैटौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।