चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।
प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ सहरमा निर्माण भइरहेको छ।
चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन, देशको रकेट शृंखला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।