पिएसएलमा पेशावरको ह्याट्रिक जित, बाबर आजमले खेले शतकीय पारी

पाकिस्तान सुपर लिग (पिएसएल) मा पेशावर जाल्मीले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा पेशावरले गएराति सम्पन्न खेलमा  इस्लामावाद युनाइटेडलाई ८ रनले हरायो । लाहोरमा भएको खेलमा पहिला ब्याटिङ गर्दै पेशावरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन बनायो । 

उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले । उनले ६३ बलमा दुई छक्का र १४ चौकाको मद्दतमा अविजित १११ रनको पारी खेलेका हुन् । यस्तै, सैयम अयुवले २१ बलमा ३८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे ।

पउल वाल्टरले १९ रन बनाउँदा असिफ अलि १७ रनको नटआउट रहे । इस्लामावादका लागि कप्तान सदाब खानले सर्वाधिक दुई विकेट लिए ।

२ सय २ रनको लक्ष्य पछ्याएको इस्लामावाद निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रनमा रोकियो । उसका लागि आजम खानले ३० बलमा ६ छक्का र ६ चौकासहित सर्वाधिक ७५ रन बनाए । यस्तै, कोलिन मुनरोले ५३ बलमा ७१ रनको पारी खेले ।

जाल्मीका लागि आरिफ याकुबले ४ ओभरमा २७ रन दिएर सर्वाधिक ५ विकेट लिए । यो जितपछि पेशावर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित इस्लामावाद पाँचौं स्थानमा छ । उसले चार खेल खेल्दा एक म्याचमा मात्र जित निकालेको छ । 





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ८:३४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया