३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

सांसद रावलको माग : संसदभित्र विज्ञ समूहको रोष्टर व्यवस्था गरियोस्

राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताएकी छन् । 

बिहीबारको राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास सुरु भएको भन्दै यसलाई आगामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्ने बताइन् । रावलले संसदभित्र विज्ञ समूहहरूको रोष्टर (सूची) व्यवस्था गर्न पनि माग गरिन् । 



‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन एउटा स्पष्ट मापदण्ड निर्माण होस् । समितिका साझा विषयमा हामीले संयुक्त बैठक बस्ने अभ्यास शुरु गरेका छौँ । संयुक्त बैठक, संयुक्त निर्देशन र संयुक्त स्थलगत जाने कुरा आउने दिनमा यसलाई अघि बढाउनुपर्छ,’ रावलले भनिन्, ‘संसदभित्र विज्ञ समूहरूको रोष्टर व्यवस्था गरियोस् । सबै समितिका सकारात्मक कामहरूको लागि अनुभव आदानप्रदान गर्ने छलफलले निरन्तरता पाओस्, राष्ट्रिय सभाले केही नयाँ मानकहरू स्थापना गरेको छ । समयमा नै सभा सञ्चालन हुनेकुरा महत्वपूर्ण छ ।’ 

उनले राष्ट्रिय सभाले समयमा नै सभा सञ्चालन गरेर नयाँ मानक स्थापना गरेको पनि दाबी गरिन् । 





  • प्रकाशित मिति : १७ फागुन, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया