logo-img

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सीमित भएको छ । आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता सेयर दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ । 

 कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ११ करोड १३ लाख १० हजार तीन सय ४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार चार सय ५५, हिमालयन रिइन्स्योरेन्स आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट छ केड ५९ लाख ९१ हजार छ सय ९६ र शिवम् सिमेन्ट पाँच करोड २१ लाख १२ हजार आठ सय ७० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
 
नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ८६, मानुषी लघुवित्त तीन दशमलव ९८, समाज लघुवित्त तीन दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् । 

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्यांगे हाइड्रोपावर आठ दशमलव ६२, मैलुङ हाइड्रोपावर आठ दशमलव शून्य एक, इन्ग्वा हाइड्रोपावर सात दशमलव ५८ र एनआइसी एसिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ५७ प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १६:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया