करिनाले मागिन् एउटै विज्ञापनको १७ करोड !

एजेन्सी— बलिउड अभिनेत्री करिना कपुर आजभोलि फिल्म गुड न्युजको सुटिङमा व्यस्त छिन् । तर, यहीबीच उनीबारे समाचारहरु निकै धेरै आइरहेका पनि छन् । यो फिल्ममा अक्षय कुमार पनि खेल्दै छन् । यतिमात्र होइन, फिल्ममा करिनाका छोरा तैमुर पनि सँगै देखिने छन् । यो फिल्मको सुटिङ सकिएलगत्तै करिनाले करण जोहरको फिल्ममा काम गर्ने छिन् । 

तर, योबीच करिनाले एउटा विज्ञापनमा काम गर्ने सम्झौता गरेकी छिन् । र, त्यसका लागि उनले ११ करोड भारतीय रुपैयाँ लिएको भारतीय मिडियामा चर्चा छ । यो विज्ञापन बच्चाहरु केन्द्रित इनर्जी डिं«क भएको बताइएको छ । भारतीय मिडियाले डिएनएको हवाला दिँदै बच्चा तैमुरका कारण करिनाले यति ठूलो रकम माग गरेको उल्लेख गरेका छन् । यसअघि यही विज्ञापनका लागि अन्य अभिनेत्रीहरुले चाहिँ ५–६ करोड भारतीय रुपैयाँ लिने गरेको पनि भारतीय मिडियाले तुलना गरेका छन् ।





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १९:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया