एजुकेसन पार्कले प्यारेन्ट्स इन्फर्मेसन सेसन गर्ने

काठमाडौं— एजुकेसन पार्कले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका अन्य देशमा जाने वा तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई लक्षित गरि २२ र २३ चैतमा इन्फर्मेसन सेसन गर्ने जनाएको छ । यो कार्यक्रम सुन्धाराको सिभिल मलको आठौं तलामा हुने एजुकेसन पार्कले जनाएको छ । 

अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत तथा अन्य देशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेसन पार्कले विदेशमा अध्ययन गर्न जाने कुरामा चुनौति पनि थपिएकाले अभिभावक सुसूचित हुनु पर्ने भएकाले यो कार्यक्रम गर्न लागेको जनाएको छ ।

विद्यार्थीहरु मात्र विदेश अध्ययन गर्न जाने संवेदनशील निर्णयमा सरिक हुँदा थप जोखिममा परेका घटना सार्वजनिक भएकाले त्यसलाई न्यूनिकरणमा सहयोग गर्न यस्तो कार्यक्रम गर्न लागेको जनाएको छ ।  

एजुकेसन पार्कले यसअघि पनि यस्ता चेतनामूलक कार्यक्रम गर्दै आएको थियो । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १९:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया