एजेन्सी— हामीले कहिलेकांही रेष्टुरेन्टमा जाँदा आलु तामा खाएका हुन सक्छौँ । त्यसो त केही पहिलेसम्म तामा घरमा पनि तरकारी बनाएर खाने चलन थियो । आजभोलि यो निकै हटिसकेको मानिन्छ । तर, बाँसको तामाका निकै धेरै फाइदा छन् । तीमध्ये १२ फाइदाः
बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।
बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ ।
पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।
गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।
ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।
नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।
तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ ।
तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।
आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।
रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।
फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।
श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।