जनताकाे पीडा सम्बाेधन गर्न देश तयार छ: प्रचण्ड

काठमाडाैं— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावा हुरीमा परी निधन भएकाका परिवारलाई पार्टीले ५ लाख राहत उपलब्ध गराउने घाेषणा गरेका छन् । 

पूर्वप्रधानमन्त्री दाहालले हावा हुरीको मारमा परेका फेटा गाउँपालिकामा मंगलबार आयोजित राहत वितरण कार्यक्रममा क्षति पुगेका घरहरुको निर्माण गरिदिने सरकारले निर्णय गरेको पीडितलाई बताए । घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सरकारले मिलाएको उल्लेख गर्दै जनताको पीडालाई सम्बोधन गर्न सिंगो मुलुक तयार रहेको उनले बताए । 

दाहालले हावाहुरीले नष्ट भएका बालिनालीको क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनी हावाहुरी प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार बिहान पुगेका थिए । त्यसक्रममा उनले नारायणी क्षेत्रीय अस्पताल, नेशनल कलेजमा पुगेर घाइतेहरुसँग भेट गरेका थिए ।





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार २०:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया