काठमाडाैं– ओलम्पिक खेलकुद महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल आज म्यानमारसँग भिड्दै छ ।
जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन् ।
यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा नेपालले भारतसँग अप्रिल ६ मा प्रतिस्पर्धा गर्ने छ । छनोटको अन्तिम खेल इन्डोनेसिया र नेपालबीच अप्रिल ९ मा हुनेछ ।
आजकाे खेल म्यानमारकाे मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।