logo-img

६ संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर

संघीय संसदको दुवै सदनअन्तर्गत वटा संसदीय समितिको बैठक आज बस्दैछ । बैठक विभिन्न समयमा सिंहदरबारस्थित समितिको आ–आफ्नै सभाकक्षमा बस्न लागेको हो ।  

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । चार समितिमध्ये दुई समितिको बैठक ११ बजे र बाँकी दुई समितिको बैठक साढे ११ बजेलाई बोलाइएको छ ।  

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्याबारे छलफल गर्ने तयारी छ । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिले आज बेपत्ता पारिएका व्यत्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनसहित छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पनि फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तशुल्कका विषयमा छलफल गर्ने भएको छ । 

यस्तै, राष्ट्रिय सभाको पनि विधायन व्यवस्थापन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आजै बस्दैछ । विधायन व्यवस्थापन बैठकमा राष्ट्रिय सभाको ६ बर्से कार्यकाल पूरा गरी अवकाशमा जान लागेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यको बिदाइ गर्ने भएको छ । 

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्थाअनुसार २० जना सदस्यको कार्यकाल आजबाट सकिँदै छ ।





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया