पनौती नगरपालिकामा अविवाहित १११ महिलालाई भत्ता

बनेपा— पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ । नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए । ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको हो ।

नयाँ पत्रिकाका लागि इन्द्रबहादुर थापाले यो समाचार बनेपाबाट लेखेका छन् । त्यस्तै, नगरपालिकाले १५ वर्षदेखि पति बेपत्ता भएका महिलालाई पनि भत्ता दिने गरेको छ । अविवाहित महिलालाई पनि एकल महिलाकै सूचीमा राखेर भत्ता दिने गरिएको बञ्जराले बताए । एकल महिलाको सूचीमा ३५ वर्ष पूरा भएका अविवाहित महिला, एकल, पति बेपत्ता भएका र सम्बन्ध विच्छेद गरेका महिलालाई राखिएको छ । पनौती नगरपालिकाभित्र ३५ वर्ष उमेर पूरा भएका अविवाहित महिलाको संख्या एक सय एक छ । 

त्यस्तै, एकल एक हजार ६ सय ९७ जना, सम्बन्धविच्छेद गरेका ५ र पति बेपत्ता भएका १२ जना महिला छन् । ती सबै महिलाले नगरपालिकाबाट मासिक रूपमा एक हजारका दरले भत्ता पाउँदै आएका छन् ।  नगर क्षेत्रमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकको संख्या एक हजार आठ सय ६१ छ ।

ज्येष्ठ दलित एक सय १५ जना, पूर्ण अपांग ७७, अतिअशक्त एक सय ६६ जना र दलित बालबालिका एक सय ८७जना छन् । उनीहरू सबैले नगरपालिकाबाट भत्ता लिँदै आएका छन् । ज्येष्ठ नागरिक र पूर्ण रूपमा अपांगता भएकाले मासिक दुई हजार, ६० वर्ष पूरा भएका ज्येष्ठ दलितले एक हजार, अतिअशक्तले मासिक ६ सय र दलित बालबालिकाले मासिक चार सय रुपैयाँका दरले भत्ता पाउँदै आएका छन् । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार ८:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया