एजेन्सी— हाम्रो दाँताको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ । दाँत सफा र स्वास्थ्य भएमा अन्य धेरै किसिमका रोगहरु पनि लाग्दैनन् । त्यसैले हामीले दाँतको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने हुन्छ । दाँत स्वास्थ्य बनाउन केही टिप्सः
दाँतको मात्र ब्रस नगर्ने
दाँतलाई मजबुत र सेतो बनाउन कम्तीमा दिनको दुईपटक ब्रस गर्नुपर्दछ । यसमा पनि राति सुत्नुभन्दा ठीक अघि र सकभर खाना खाएपछि । ब्रस गर्दा खाली दाँतको मात्र नभएर पूरै मुख सफा हुने गरी गर्नुपर्छ । जिब्रोदेखि गिजासम्मको सफाइ गर्दा राम्रो हुन्छ ।
ब्रस गरेपछि कुल्ला नगर्ने
साधारणतया हामी सबै ब्रस गरिसकेपछि पानीले मुख कुल्ला गछौँ । दन्तचिकित्सकका अनुसार यस्तो गर्नु दाँतको स्वास्थ्यका लागि ठीक होइन । योभन्दा बरु कम टुथपेस्ट प्रयोग गर्ने, कुल्ला नगर्ने गर्दा राम्रो । यसो गर्दा टुथपेस्टमा भएको पदार्थले मुखमा रहेका कीटाणुलाई मारिदिन्छ ।
बढी चिनीको मात्र हुने खाद्यान्न नखाने
जुन पेयपदार्थमा चिनीको मात्रा वा गुलियो बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन् । यतिसम्म कि सुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ । यसले दाँतमा क्याबिटीको खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ ।
मादकपदार्थ सेवन नगर्ने
एउटा अध्ययनअनुसार मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अझ, यदि तपाईं राति रक्सी पिएर सुत्नुहुन्छ भने त यसले दाँतमा झनै खराबी गर्छ । सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।