[ब्रुनाई] नयाँ इस्लामिक कानुन लागू, समलिङ्गीलाई ढुंगाले हानेर मारिने

ब्रुनाई– दक्षिण–पूर्वी एशियाली मुलुक ब्रुनाईले बुधबारदेखि नयाँ इस्लामिक कानुन लागू गरेकाे छ । याे कानुनमा समलिङ्गीलाई ढुंगाले हानेर मारिनेछ र गर्भपतन गरे सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरी गर्नेका हातखुट्टा काट्ने जस्ता व्यवस्था गरिएका छन् । 

ब्रुनाईको समलिङ्गी समुदाय आफूहरूले मध्ययुगिन सजाय पाउनसक्ने भन्दै डर व्यक्त गरेका छन् । 

नयाँ कानुनअनुसार कुनैपनि व्यक्तिलाई समलिङ्गी व्यवहार गरेको चारजनाले देखेका वा आफैंले स्वीकार गरे मात्रै सजाय दिन सकिन्छ । ब्रुनाईमा समलिङ्गी सम्बन्ध ब्रिटिश साम्राज्य हुँदादेखि नै गैरकानुनी थियो र १० वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । 

ब्रुनाईमा मदिरामाथि पनि प्रतिबन्ध लगाइएकाे छ। यसका साथै शुक्रबार नमाजमा सहभागी नहुँदा पनि सजाय गर्ने व्यवस्था छ । 

यस्तै नयाँ कानुनमा  बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्डको व्यवस्था गरिएकाे छ। ब्रुनाईको कानुनमा मृत्युदण्डको व्यवस्था  पहिलेदेखि भएपनि १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन।

ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र सुल्तानले केही वर्षभित्रमा नयाँ मुलुकी संहिता लागु हुने बताएका थिए।



याे कानुनकाे विश्वभर आलाेचना गरिएकाे छ र सुल्तानलाई बहिष्कार गर्न आव्हान गर्दै विराेध गरिएकाे छ । संयुक्त राष्ट्रसङ्घले पनि मुलुकी संहितालाई 'क्रूर, अमानवीय र अपमानजनक' भएको र मानव अधिकार संरक्षणमा बाधा पार्ने प्रतिक्रिया दिएकाे छ । 

यहाँ १९८४ सम्म ब्रिटिश सरकारकाे शासन थियाे । १९६७ मा सत्ता सम्हालेका ७२ वर्षीय सुल्तान हसनल बोल्किया ५० वर्षकाे शासनकालमा यहाँ लाेकप्रिय छन् । ४ लाख जनसंख्या भएकाे सानाे देश ब्रुनाईमा सुल्तान परिवारले ६०० वर्षदेखि राज गर्दै आएकाे छ । सुल्तान हसनल शाही परिवारका २९ औं उत्तराधिकारी हुन् । 



 पेट्रोलियम पदार्थकाे निर्यातका कारण याे देशकाे अर्थतन्त्र मजबुत छ । यहाँ रहेकाे जनसंख्यामध्ये दुई तिहाई मुस्लिम छन् । 

  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १०:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया