त्रिभुवन विमानस्थलकाे रन–वे मर्मत कार्यकाे शिलान्यास

काठमाडाैं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे निर्माण कार्य बुधबारबाट सुरू गरिएकाे छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले पूजाआजा गरेर निर्माण कार्यकाे शिलान्यास गरेका छन् । 

पहिलाेपटक रन–वेकाे काे सम्पूर्ण पिच निकालेर पुन:कालाेपत्रे गर्न लागिएकाे हाे । यसअघि सामान्य मर्मत गरेर सञ्चालन गर्दै आइएकाे थियाे । 

रन–वे स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने छ। स्तरोन्नतिको काम थालिएकाले दैनिक १० घण्टा उडान बन्द गरिएकाे छ । यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो ।

रन–वे मर्मतकाे काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले गर्दै छ । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १०:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया