के दीपिकाका कारण रणवीरले कन्डमको विज्ञापन नगर्ने भएका हुन् ?

एजेन्सी— पाँच वर्ष पहिले बलिउड अभिनेता रणवीर सिंहले एउटा कन्डमको विज्ञापनमा काम गर्न सुरु गरेका थिए । उनी त्यो कन्डमको ब्रान्ड एम्बेसेडर बनेका थिए । तर, अब उनले त्यसको विज्ञापनमा काम नगर्ने भएका छन् । 

फोब्र्स इन्डियाको एउटा रिपोर्टअनुसार रणवीरले त्यो कम्पनीसँग सम्झौता पनि रद्द गरिसकेका छन् । तर, आखिर किन ? यही प्रश्नमाथि फोब्र्स इन्डियामा छापिएको रिपोर्ट केन्द्रित छ । 

पत्रिकाले यसका लागि दुई कारण अनुमान गरेको छ । पहिलो कारण हो, उनको विवाह । गत वर्ष नोेभेम्बरमा उनले अभिनेत्री दीपिका पादुकोणसँग विवाह गरेका थिए । र, रणवीरले काम गरेको कम्पनीले दुवैलाई बधाई पनि दिएको थियो । तर, अब उनले कन्डम कम्पनीसँगको सम्झौता रद्द गर्नुमा उनको विवाहलाई कारण मानिएको छ । अर्को अनुमान चाहिँ उनको चर्को शुल्कका कारण पनि हुनसक्ने गरिएको छ । 

त्यसो त जब रणवीरले कन्डमको विज्ञापनमा खेल्ने निर्णय गरेका थिए, धेरैले यसलाई आश्चर्यका साथ हेरेका थिए । कन्डमको विज्ञापनमा काम गर्ने उनी नै पहिलो मेनस्ट्रिम कलाकार थिए । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार ११:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया