शैक्षिक जनशक्ति पलायन भयो, शिक्षानीति बदलौँः प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालको शिक्षा नीति सुधार गर्न आवश्यक रहेको बताएका छन् ।  राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताएका हुन् । राष्ट्रिय विकास परिषद्को बैठक बुधबारदेखि राजधानीमा सुरु भएको छ ।

शैक्षिक जनशक्ति विदेश पलायन हुने क्रम बढेकोमा चिन्ता व्यक्त उनले भने, ‘विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’

अब २५ वर्षसम्मको योजना बनाउँदा कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्ने प्रचण्डले औँल्याए । विद्यालयदेखि विश्वविद्यालयसम्म व्यावसायिक, प्राविधिक र रोजगारी सिर्जना गर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने प्रचण्डको भनाइ थियो ।  

आगामी योजनामा धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले विकास परिषद बैठक विगतको निरन्तरता मात्र हुन नहुने बताए ।

अबका योजना, बजेट र कार्यक्रममा वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । 

वर्तमान राष्ट्रिय योजना आयोगको टिम इनर्जेटिक र डाइनामिक बनेको बताउँदै प्रचण्डले सुशासनलाई प्राथमिकतामा राख्न योजना आयोगलाई सुझाब दिए ।





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १४:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया