देउवालाई चुनौती : काठमाडौंमा पौडेल र सिटौला पक्षधर जिल्ला सभापति भेला जारी

काठमाडौं– सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै कांग्रेस नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी छ । सभापति देउवाको पहलमा कांग्रेस केन्द्रीय समितिको बैठकले महासमिति बैठकको निर्णयलाई उल्ट्याएपछि असन्तुष्ट बनेका जिल्ला सभापतिले भेला आयोजना गरेका हुन् । 

क्षेत्रपाटीको होटल काठमाडौंमा बुधबार बिहानबाट जारी भेलामा देउवा पक्षधर जिल्ला सभापतिलाई पनि बोलाइएको, तर उनीहरू उपस्थित नभएको स्रोतले बतायो । सो भेला बिहीबारसम्म चल्ने बताइएको छ । 

गत पुसमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा  जिल्ला सभापतिहरूले पदाधिकारीसहित केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान हटाउन प्रस्ताव गरेका थिए । साथै, समानुपातिक निर्वाचन प्रणालीमा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने उनीहरूको प्रस्ताव थियो । सभापति देउवा र नेता  पौडेलले सोहीअनुरूप केन्द्रीय समितिले विधान पारित गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, केन्द्रीय समितिले पुरानै विधानअनुसार केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पारित गरेको थियो । त्यसको विरोधमा पौडेल र सिटौला पक्षधरको भेला आयोजना गरिएको एक नेताले बताए ।





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १७:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया