इरफान इन्डिया फर्किने

एजेन्सी— बलिउडमा गज्जबका डायलग बोलेर छुट्टै पहिचान बनाएका अभिनेता इरफान खानले आफू भारत फर्किन लागेको बताएका छन् । बुधबार माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले यो कुरा लेखेका हुन् । 

इरफानले गत वर्ष ५ मार्च २०१८ मा ट्विट गरेर आफूलाई ‘न्युरोइन्डोक्राइन ट्युमर’ भएको बताएका थिए । त्यसपछि उनी बेलायती सहर लन्डनमा आफ्नो उपचार गराइरहेका थिए । बुधबार ट्विटमा उनले आफू भारत फर्किन लागेको लेखेपछि उनका प्रशंसक निकै खुसी भएका छन् । छोटो समयमा नै इरफान ट्विटरको ट्रेन्डिङमा आएका छन् ।

इरफानले आफ्नो ट्विटमा लेखेका छन्, ‘जित्ने भागदौडमा हामी कहिलेकांही यो बिर्सन्छौँ कि मानिसहरुको मनमा हाम्रो लागि प्रेम हुन्छ । तर, आफ्ना दुःखका दिनमा यो सबै कुरा याद आउँछ । आफ्नो जीवनको यस्तै दिनबाट गुज्रेर म केही समय रोकिए तपाईंहरुबाट अपार प्रेमका लागि धन्यवाद दिन चाहन्छु किनकि उपचारका दिन तपाईंहरुको शुभकामनाले मलाई दुःखको सामना गर्ने हिम्मत दियो । र, अब म तपाईंहरु समक्ष आउँदै छु र तपाईंहरु सबैलाई मनैदेखि धन्यवाद ।’

उनको यो ट्विट आएपछि उनका शुभचिन्तकले लेखेका छन्, ‘हिरो फर्किएर आएको छ ।’

 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार २०:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया