logo-img

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे बैठक, अध्यक्ष श्रेष्ठले गरिन् बहिष्कार

नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक टीकापुरमा सुरु भएको छ। बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ भने सहभागी छैनन् । अध्यक्षकाे अनुपस्थितिमा संस्थापक उपाध्यक्ष दामोदर पण्डितले बैठकका अध्यक्षता गरेका छन् । 
  
सत्ता गठबन्धन फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने वा नजाने विषयमा नाउपाले निर्णय गर्न सकेकाे छैन। संरक्षक रहेका रेशम सरकारमा नजाने पक्षमा उभिएका छन् भने अध्यक्ष श्रेष्ठ सरकारमा जाने पक्षँमा छिन् । 

नागरिक उन्मुक्ति पार्टीले केही महिनाअघि पार्टीको प्रथम अधिवेशन सम्पन्न गरेकाे थियाे । उक्त अधिवेशन रेशमलाल चौधरी अध्यक्षमा चयन भएका थिए । तर, निर्वाचन आयोगले रेशमलाइ मान्यता नदिएपछि संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ नै पार्टी अध्यक्ष बनेकी छिन् । 

बैठकमा संस्थापक २१ सदस्यमध्ये १५ सदस्य उपस्थित छन् । अध्यक्ष श्रेष्ठकै निर्देशनअनुसार बैठक निर्धारण गरिएकाे भए पनि अन्तिममा उनी बैठकमा उपस्थित भइनन् । 

नागरिक उन्मुक्ति पार्टीकाे प्रतिनिधि सभामा अध्यक्ष श्रेष्ठसहित चारजना सदस्य छन् भने सुदूरपश्चिम प्रदेशमा सातजना प्रदेशसभा सदस्य छन्।





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १९:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया