प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षमा उक्लियो

लन्डन– डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । 
लिगमा लगातार आठौँ जित निकाल्ने क्रममा म्यान सिटीले संघर्षरत टिम कार्डिफलाई २–० ले पन्छायो । बुधबारका अन्य खेलमा चेल्सीले ब्राइटनलाई ३–० ले र टोटेनह्यामले क्रिस्टल प्यालेसलाई २–० ले परास्त गरे । 
सिटीको जितमा केभिन डी ब्रुयने र लिरोय सनेले गोल गरे । 
जितसँगै म्यान सिटी ८० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको लिभरपुलको ७९ अंक छ । ६४ अंक बटुलेको टोटेनह्याम तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १०:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया