प्रधानमन्त्री र सात मुख्यमन्त्रीबीच नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा छलफल
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग समसामयिक राजनीतिक घटनाक्रम, आगामी वर्षको नीति तथा कार्यक्रम र वजेट तयारीका बिषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको हो । 

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र वजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताए । 

प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै प्रदेश नम्बर १ का प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने, ‘कार्यक्रमहरू नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ ।’ 

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद् अघिल्लो बैठकले पास गरेका २९ बूँदाको कार्यन्वयन तदारुकताका साथ गरिने बताए । 

प्रधानमन्त्री ओलीले हावाहुरी पीडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको मुख्यमन्त्री राईले बताए । 

छलफलमा सहभागी कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीले ७ वटै प्रदेश सरकारले गरेको विकास निर्माणका कार्यप्रगतीको बारेमा चासो राख्नुभएको जानकारी दिए । 



फरक धारसँग कुरा गर्दे मुख्यमन्त्री शाहीले भने, ‘पुरानो तरिकाले विकास गरेर भएन । छिटो विकास हुने गरी काम गर्नुपर्छ भन्नुभयो । खोला भएको ठाउँमा पुल हाल्नु पर्छ नेता भएको ठाउँमा पुरानो तरिकाले विकास गरेर भएन ।’

मुख्यमन्त्रीहरूले भने वित्त व्यवस्थापन र कर्मचारी अभावका कुरा प्रधानमन्त्री समक्ष राखेको उनले बताए । 



आजको छलफल अनौपचारिक भएको बताउँदै मुख्यमन्त्री शाहीले एजेन्डाहरू तयार गरेर वैशाख १४ गते अन्तर प्रदेश परिषद्को बैठकमा पेस गर्ने गरी टुंगिएको जानकारी दिए । 
 

  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार ११:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया