logo-img

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट

जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो । 

विस्फोट हुनु पहिले सुदूरपहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्डभित्रमा नै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो । ‘पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्राविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ,’ स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भने, ‘मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ । सफलता मिल्न सकेन, त्यसैले म निराश छु । के भयो, अनुसन्धान भइरहेको बताइएको छ, पछि थाहा हुने नै छ ।’

स्पेस वनले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ । यो आशा काइरोसबाट गरिएको थियो । प्राचीन ग्रीक भाषाअनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्ले गरेका थिए ।

पार्टपुर्जाको अभाव र अरू समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि काइरोसको प्रक्षेपण पाँचपटक स्थगित गरेको थियो ।  





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया