संघ र प्रदेशबीच दुरी बढेको छैन : मुख्यमन्त्री राउत

काठमाडौँ–  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार र प्रदेश सरकारबीच दुरी नबढेको बताएका छन् । राजधानीमा पत्रकारहरूसँग बोल्दै राउतले उक्त कुरा बताएका हुन् । 

उनले भने, ‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोचपनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासनजस्तो व्यवहार देखाउनु हुँदैन् ।’

प्रदेश नम्बर २ को पर्सा र बारा जिल्लामा आइतबार बेलुकी आएको हावाहुरी घटनाको विषयमा बोल्दै राउतले घाइतेहरूको उपचार र पीडितलाई राहत दिन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षा निकायका प्रमुखहरू, मन्त्रीहरू, मुख्य सचिवलगायतका जिम्मेवार निकायका व्यक्तिहरूले विशेष चासो देखाएको र उद्धार र राहतमा कुनै कमी आउन नदिनेगरि काम गरेको उनले सुनाए । 

उनले पीडितहरुको लागि राहत कोष स्थापना भैसकेको र कोषमा देश तथा विदेशबाट ठूलो सहयोग भैरहेको पनि जनाए । पीडित हुनेमा अधिकांश गरिब, मुस्लिम तथा दलितहरु रहेका पनि उनले बताए । 

उनले भने,‘आर्थिक रुपमा बढि विपन्न भएकाहरूनै प्रभावित भएका छन् । उहाँहरूको लागि सामूहिक घर बनाउने हाम्रो योजना छ । प्रहरी तथा सेनासँग आधिकारिक डाटा लिएर हामी सोहीअनुसार सहयोग गर्छौं ।’
 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १३:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया