विराटनगर– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन असन्तुष्ट पक्षलाई चुनौती दिएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको बताए । तर, कांग्रेस विधानअनुसार विशेष महाधिवेशन डाक्ने अन्तिम अधिकार सभापतिमै छ ।
‘पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन म चुनौती दिन्छु,’ देउवलो भने, ‘यदि कसैले महाधिवेशन गरेर देखाउँछ भने म पार्टी सभापतिको हैसियतले त्यसलाई फेस गर्न तयार छु ।’
तर, आफू पार्टीको सभापतिको हैसियतले भने महाधिवेशन भने देउवाले नडाक्ने प्रस्ट्याए । पार्टीभित्र धेरै जिल्ला सभापतिहरु असन्तुष्ट नरहेको दाबी गर्दै सभापति देउवाले भेला बोलाउने सभापतिहरुलाई सानो झुन्डको संज्ञा दिए । असन्तुष्ट सभापतिहरुको संख्या २० जना मात्र रहेको भन्दै देउवाले उनीहरुले विशेष महाधिवेशनको माग गर्न नमिल्ने तर्क गरे ।
देउवाले २० जना मात्र सभापति सहभागी भने पनि काठमाडौंमा जारी सभापति भेलामा ५१ जना सहभागी रहेको भेला आयोजकको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।