logo-img

लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलले बिहीबार राति भएको खेलमा चेक रिपब्लिकको स्पार्टा प्रागलाई दोस्रो लेगमा ६–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा ५–१ को जित निकालेको लिभरपुलले समग्रमा ११–२ को अन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।

बिहीबार राति कोडी म्याथेजले २ गोल गर्दा ग्याब्रिएल नुनेज, बोबी कलार्क, मोहमद सलाह र डामोकिन स्जोबोस्जले एक एक गोल गरेका थिए । स्पार्टाका लागि बेल्जेको विरमानसेविकले एक गोल फर्काए ।

युरोपा लिगको अर्को खेलमा मार्सेलीले भिल्लारियलसँग पराजित भएको छ । बिहीबार रातिको खेलमा भिल्लारियल ३–१ ले विजयी हुँदा समग्रमा पहिलो लेगेको नतिजाका आधारमा मार्सेली ५–३ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

यस्तै, रेन्जर्सविरुद्ध १–० को जित निकालेको बेनफिका समग्रमा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको छ । त्यसैगरी वेस्टह्याम युनाइटेडले पनि अन्तिम आठमा स्थान पक्का गरेको छ । बेस्टह्यामले फेरिबर्गलाई ५–० गोल अन्तरले पराजित गर्दा सम्रगमा ५–१ को नतिजा निकाल्न सफल भयो ।

दोस्रो लेगमा साल्भिया प्रागविरुद्ध ३–१ को जित निकालेको एसी मिलानले समग्रमा ७–१ को नतिजा आत्मसाथ गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राइटनले रोमालाई १–० ले पराजित गरे पछि ब्राइटन राउन्ड अफ सिक्सटीनमै रोकिन पुग्यो । रोमाले पहिलो लेगमा ४–० को जित निकालेकाले अन्ततः रोमा नै ४–१ को नतिजाका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो ।

त्यसैगरी एटलान्टाले स्पोर्टिङलिस्बनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो र दोस्रो लेगको आधारमा एटलान्टा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो ।



यसैगरी लिभरकुसेनले क्वारबार्गसँग २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को जित निकालेको थियो । यो जितसँगै समग्रमा ५–४ को नतिजाका साथ लिभरकुसेन अन्तिम आठमा स्थान पाउन सफल भयो ।



  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ९:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया