हावा–हुरीपीडितका लागि नयाँ शक्तिले दियो पाँच लाख

काठमाडौं– नयाँ शक्ति पार्टीले बारा र पर्साका हावा–हुरीपीडितको सहयोगका लागि ५ लाख रुपैयाँ प्रदान गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उक्त सहयोग रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा हस्तान्तरण गरेका छन् । 

कोषका तर्फबाट प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सो रकमको चेक बुझेका छन् । नयाँशक्ति संयोजक डा. भट्टराईले यसअघि हावाहुरी पीडितको सहयोगका लागि व्यक्तिगत रुपमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए । 





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १४:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया